नयाँ सरकार

nepali
gajal
kathmandu
2026
Author

Pratik Bhandari

Published

April 21, 2026


शहरमा नयाँ सरकार बनेको छ अचेल
तल नाकाबन्दी लागेको छ अचेल

ऊ भन्थ्यो अब काठमाण्डू जानु पर्दैन
मधेसको सास रोकेको छ अचेल

हदबन्दी जग्गा सगोलको हो, ए झोले!
छाप्रोले देश लुटेको छ अचेल

के बोल्दैमा कोहि जेल जान्न अब?
तित्राको आवाज थुनेको छ अचेल!

मेहेनतका ‘प्रतीक’ उनी, छैन बोल्न फुर्सद
फुर्सिदलो वैज्ञानिकले बोलेको छ अचेल


Signup to my newsletter for updates.