जङ्गल राज
nepali
kathmandu
2026
कसको जङ्गल? कसको राज?
एक जोडी काग चिरबिर चिरबिर
गर्न लागे
सधैँ केरा चोरेर खाने बाँदरले
आज
चीलको बच्चा मारेर लग्यो अरे
परबाट सुनिरा’को थियो
सिंहले
आदेश दियो
बाँदरलाई खोरमा थुन्ने
उता
दूध र पानी छुट्टयाउन बसेकी हाँस
डरले थुरथुर भई
सिंहसँग?
खै मैले थाहै पाइनँ
अजिङ्गरले उसका बचेरा लगेको
उसले थाहै पाइन