बन्द खाम

nepali
kathmandu
2015
Author

Pratik Bhandari

Published

February 10, 2015


तिम्लाई माया गर्नु मैले त्यहि एउटा काम भयो
अव्यक्त मेरो माया सधैँ बन्द खाम भयो

वरिपरि तिम्लाई घेरी नजरका वाण हान्ने
रावणलाई सिध्याउन यो गजल नै राम भो

आकाशका तारा झार्छु झुठो वाचा बाँध्दिन म
नस्वीकारे मेरो माया बाटो बीचको जाम भो

चिया खाऔँ घुम्न जाऔँ आए होलान् प्रस्ताव धेरै
मेरो एउटा प्रस्ताव तिम्लाई कति चर्को घाम भो

मैले पाइला चालिसकें बाँकी तिम्रै भर भयो
तिम्रो राय पर्खि राछु नबोले छलछाम भो

Republished in April 2021


Signup to my newsletter for updates.