आमा
nepali
jhapa
2014
सन्तानभन्दा अर्को कुनै, संसार, हुन्न आमाको
तिनकै खुशी बाहेक हाँस्ने, आधार, हुन्न आमाको
जतिसुकै पिरोल्दा नि कृतघ्न भई सन्तानले
तिनको भलो बाहेक कुनै, विचार, हुन्न आमाको
काल-अकाल भाँचिइँदा लौराहरु परदेशमा
बुढेसकालका सपना कैले, साकार, हुन्न आमाको
सन्तानले परिधिमा ब्रह्माण्ड नै समेटे नि
पर्खाइमा चौकोस बाहेक, विहार, हुन्न आमाको
आमा भन्या मातृभूमि मातृभूमि भन्या आमा
हाम्ले दिने माया बाहेक, आहार, हुन्न आमाको
Republished in April 2021