म त गजलकार भएँ
nepali
kathmandu
2011
तिमीसित माया बस्दा म त गजलकार भएँ
मायाको कुण्डमा पस्दा म त गजलकार भएँ
कसरी हो माया पोख्ने द्वन्द चलिरा’छ मन् मा
द्वन्द्व को डोरीले कस्दा म त गजलकार भएँ
कुरुप् तिम्लाई देख्नेहरु मुर्खता हो भन्छन् यसलाई
मूर्खताको झ्याँङ्मा खस्दा म त गजलकार भएँ
तिमीलाई माया गर्छु भन्नेहरुको कमी छैन
माया भन्दै विष डस्दा म त गजलकार भएँ
तिमीलाई शृंगार्छौँ भन्दै लाम्टो बाटै रगत चुस्छन्
देशभक्तिको खरानी घस्दा म त गजलकार भएँ
Republished in April 2021
Signup to my newsletter for updates.