पाँचौँ लोकतन्त्र दिवस
एक दशक अघिको अनुभवलाई चियाएर हेर्दा
२०६९ बैशाख ६, आजभन्दा ठीक पाँच वर्षअघि झापा सदरमुकाम चन्द्रगढीमा जनआन्दोलनका बेला जिल्लाका कुना-कुनाबाट आएका हजारौं जनताको भीडमाथि तत्कालीन शाही सेनाले बर्बरतापूर्ण ढङ्गले गोलीको वर्षा गरेको घटना मेरो मस्तिष्कमा अझैपनि ताजा छ| लाठी, अश्रुग्याँस, गोली केहीको पनि पर्वाह नगरी जनताको मुक्तिको लागि निरंकुशताविरुद्धको आन्दोलनमा सहभागी एउटा बालकको रूपमा आफूलाई सम्झिँदा छाती गर्वले ढक्क हुन्छ| २०६३ बैशाख ६ गतेको उक्त घटनामा शहादत प्राप्त गर्ने अमर झापाली सपुतहरु: सूरज विश्वास र राजन गिरी प्रति हार्दिक श्रद्दाञ्जली!!!
शहिदको सपना साकार पार्न नेपाली समाज र राजनीति सफल रहोस् भन्ने कामना पनि व्यक्त गर्दछु!!
… २०६९ बैशाख ६ का दिन लेखिएको यो पोस्ट आज २०७८ बैशाख १२ का दिन हेर्दा लाग्छ, त्यतिबेला धेरै निराशा थिएन। अहिले…
Republished in April 2021